दफा १३
सङ्गठित संस्थाले खरिद गरेको त्रषणपत्र
(१) सङ्गठित संस्थाले खरिद गरेको क्रणपत्र सो संस्थाको नाममा रहनेछ।

(२) क्रणपत्र खरिद गरेको कुनै सङ्गठित संस्था खारेज हुने, विघटन: हुने वा अरू कुनै संस्थासँग गाभिने भएमा सो सङ्गठित संस्थाले आफ्नो नाममा रहेको क्र्णपत्र त्यसरी संस्था खारेज हुनु, विघटन हुनु वा गाभिनुपूर्व त्यस्तो क्र्धणपत्रको सावाँ र व्याज लिने अवधि अगावै त्यस्तो क्रणपत्रको हकवाला धनी किटान गरी निजको नाममा नामसारीको लागि कार्यालयमा निवेदन दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा कार्यालयले सम्बन्धित हकवालाको नाउँमा त्यस्तो त्रणपत्र नामसारी गरी दिनु पर्नेछ।